ललितपुर महानगरको मतगणना पुनः सुरु, काँग्रेसको अग्रता
प्रकाशित २०७४ जेठ ९ मंगलबार
610
Shares
ललितपुर । ललितपुर महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसको अग्रता कायमै छ।
महानगरका प्रमुख पदका उम्मेदवार काँग्रेसका चिरीबाबु महर्जनले २४ हजार ३५१ र नेकपा (एमाले)का हरिकृण व्यञ्जनकारले २४ हजार १०२ मत प्राप्त गरेकाछन्।
जम्मा २९ वडा रहेको महानगरमा २८ वटा वडाको अन्तिम परिणाम आइसकेको छ। अहिले २९ वडाको मतगणना जारी छ। यो वडामा एक हजार ४९६ मतदाता रहेकामा एक हजार ३२६ मत खसेको थियो।
कुल एक लाख १२ हजार ९२३ मतदाता रहेको महानगरपालिकामा ८९ हजार २१४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन्।
यसअघि गणना विवादले रोकिएको ललितपुरको मतगणना सर्वदलीय बैठक बसेर केहिबेर अघिदेखि पुनः सुरु भएको हो।