भक्तपुरको चाँगुनारायणमा एमाले कर्मचारीको गल्ति ढाकछोप गर्दै, पुनः मतगणना गर्न मानेन
प्रकाशित २०७४ जेठ ९ मंगलबार
430
Shares
भक्तपुर । चार दिनदेखि स्थगित चाँगुनारायण नगरपालिकाको मतगणना अझै सुर हुन सकेको छैन । पटक–पटक बसेका सर्वदलीय बैठक उपलब्धिहिन भएका छन् ।
पछिल्लो समय बसेको सर्वदलीय बैठकले निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको एमाले जिल्ला अध्यक्ष राजेन्द्र राज थलाले बताए । उनले भने, ‘१ देखि ३ सम्मको निर्णय आइसकेको थियो । ४ जम्बरको मत संख्या कम्युटरमा जोड्दा केही अंक फरक परेको थियो । त्यसैलाई आधार बनाएर काँग्रेसलगायत दलहरुले चुनाव हार्ने मानसिकताबाट बबण्डर सुरु गरेका हुन् ।’ एमालेले कर्मचारीसँग मिलेर धाँधली गरेको भन्ने कुरा के हो ? जवाफमा उनले भने, ‘कुनै धाँधली भएको छैन । गणना र गणकबाट समस्या भएको होइन । कम्युटरमा जोड्दा अंक फरक परेको हो । त्यो मिलाउन सकिन्थ्यो । तर, यसलाई ठूलो विषय बनाइयो ।’
सर्वदलीय बैठकमा एमालेबाहेकका दलले वडा नम्बर ३ र ४ को मतगणना पुनः गर्नुपर्ने पुरानै अडान लिए । एमालेले पुनः मतगणना गर्दा वडा नम्बर १ देखि नै गर्नुपर्ने नत्र ३ र ४ मात्रै गन्न नदिने अडान लिएपछि समस्या भएको बताइँदै छ ।
यद्यपि, काँग्रेस सभापति दुर्लभ थापाले आफुहरुले सबै वडाको मत गणना गरौँ भन्दा एमाले तयार नभएको बताए । उनले भने, ‘कर्मचारीहरुले एमालेकोमा १९१ मत हालेको भेटियो । चारदिन मत गणना रोक्नु भन्दा सवै वडाको मत गणना पुनः गरेको भए सकिन्थ्यो होला ।’ एमाले ३ र ४ वडाको मतगणना पुनः गर्न तयार भएन ।’ हामी पुनः मतगणना नभएसम्म मान्दैनौँ । उनले कर्मचारीले नै धाँधली गरेको आरोप समेत लगाए । कर्मचारी फेरेर भएपनि विकल्प सोच्न सकिन्थ्यो । त्यो पनि एमाले मानिरहेको छैन, थापाले भने ।