arrow

चितवनको खैरहनी नगरपालिकामा एमालेका लालमणि चौधरी विजयी

logo
प्रकाशित २०७४ जेठ ८ सोमबार
khairahani.png

रत्ननगर । पूर्वी चितवनको खैरहनी नगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार लालमणि चौधरी विजयी भएका छन् ।

उनले  निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका राजेन्द्र चौधरीलाई ९ सय ८४ मतले पछि पार्दै लालमणि विजयी भए ।  लालमणिले १० हजार ७ सय १७ मत पाए भने राजेन्द्र चौधरीले नौ हजार ७ सय ३३ मत प्राप्त गरे ।

उपप्रमुखमा पनि एमालेकै सुनिता थपलिया खरेल विजयी भइन् । थपलियाले १० हजार ४५१ मत पाइन् । उनकी निकटतम प्रतिस्पर्धी काँग्रेस उम्मेदवार सुशीलादेवी उप्रेतीले नौ हजार ८८८ मत ल्याइन् ।

माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार एकराज डल्लाकोटीले तीन हजार १४७ मत ल्याए भने उपप्रमुखमा रेवती सेढाईंले दुई हजार ९२० मत पाइन् ।

खैरहनीको १३ वडा मध्ये एमालेले सातवटा वडामा अध्यक्ष जितेको छ भने नेपाली काँग्रेसले छवटा वडामा जित हासिल गरेको सहायक निर्वाचन अधिकारी एवम् सूचना अधिकारी दिवाकर पौडेलले जानकारी दिए ।

उनका अनुसार वडा नं १, ६, ७, ८, ९, १०, ११ वडामा एमालेका उम्मेदवार विजयी हुनुभएको छ भने वडा नं २, ३, ४, १२ र १३ वडामा काँग्रेसले वडाध्यक्षमा जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ