काठमाडौं २९ मा काँग्रेसका कुश ढकाल र ३०मा काँग्रेसकै दलबहादुर अध्यक्षमा निर्वाचित
प्रकाशित २०७४ जेठ ७ आइतबार
583
Shares
काठमाडौं । काठमाडौं महानगरपालिकाको २९ र ३० वडामा नेपाली कांग्रेसको समूहले नै विजयी भएको छ।
वडा नं. २९ को वडाअध्यक्षमा कुश ढकाल एक हजार ५४५ मत ल्याई निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका शिवराज राजबंशीले एक हजार ४९१ मत ल्याए।
सो वडाको खुला सदस्यमा अर्जुनबहादुर श्रेष्ठ, इन्द्र कर्मचार्य , महिला सदस्यमा सुशीला ढकाल र दलित महिला सदस्यमा सङ्गीता पूजारी निर्वाचित भएका छन् ।
वडा नम्वर २९ काँग्रेस नेता प्रकाशमान सिंह निर्वाचित भएको निर्वाचन क्षेत्र हो।
यसैगरी वडा नं ३० को वडाअध्यक्षमा काँग्रेसकै दलबहादुर कार्कीले दुईहजार ३३१ मत ल्याई निर्वाचित भए ।कार्कीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्र श्रेष्ठले एक हजार ३५७ मत ल्याएका थिए । सो वडाका सदस्यमा नीरज सत्याल, मनोज डङ्गोल, महिला सदस्यमा सीता तिवारी र दलित महिला सदस्यमा शर्मिला श्रेष्ठ महतो निर्वाचित भए।
वडा नम्वर ३० काँग्रेस नेता गगन थापा निर्वाचित भएको निर्वाचन क्षेत्र हो।
यस्तै महानगरको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले २४ हजार ५३ मत ल्याई अग्रता कायम राखेका छन् ।
नेपाली काँग्रेसका राजुराज जोशीले १७ हजार ७७, विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले नौ हजार ६९९, साझा पार्टीका किशोर थापाले सात हजार ३२८, नेकपा माओवादी केन्द्रका सर्वोत्तम डङ्गोलले दुई हजार ७८० मत प्राप्त गरेका छन्।
यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका हरिप्रभा खड्गीले २२ हजार १९८, राप्रपाका राजाराम श्रेष्ठले १३ हजार ७८१ र साझा पार्टीकी निरुपमा यादवले चार हजार ६७३ मत, माओवादी केन्द्रकी सुशीला पौडेलले तीन हजार ७८६ मत प्राप्त गरेका छन् ।