क्लाइमेक्समा स्पेनिश लिग फुटबलः उपाधि रियाल मड्रिडको कि बार्सिलोनाको ?
प्रकाशित २०७४ जेठ ७ आइतबार
374
Shares
स्पेन । स्पेनिश फुटबल लिग ला लिगाको यस वर्षको उपाधि छिनोफानो आइतबार राति हुँदैछ ।
जारी सिजनको अन्तिम दिनका खेलबाटै उपाधिको टुंगो लाग्दैछ । शीर्ष स्थानको रियाल मड्रिडले मालागासंग उसकै मैदानमा र दोस्रो स्थानको बार्सिलोनाले घरेलु मैदानमा आइबारसंग खेल्दैछ ।
रियालको ९० तथा बार्सिलोनाको ८७ अंक रहेका अवस्थामा रियालले यो खेलमा बराबरी गरे पुग्नेछ । बार्सिलोनाले उपाधि जित्न आफ्नो खेल जितेर पुग्नेछैन अर्को खेलमा रियालले पनि हार्नुपर्नेछ ।
दुवै खेल राति ११ः४५ बजे हुनेछन् ।
राति ८ः३० बजे ७५ अंकसहित तेस्रो स्थान पक्का गरेको एथलेटिको मड्रिडले छैटौं स्थानमा रहेको एथलेटिक बिलबाओसंग खेल्दैछ ।
त्यस्तै बिलबाओसंग गोलअन्तरमा पछाडि रहेको रियाल सोसिडाडले सेल्टाभिगोसंग खेल्दैछ ।
बिलबाओ र सोसिडाडमध्ये एक टिम छैटौं स्थानमा रहनेछ ।