धादिङमा निर्वाचित गाउँपालिका अध्यक्षकै टाउको यसरी फुटाए एमाले कार्यकर्ताले
घाइते नरेन्द्रलाई काठमाडौं ल्याइयो, अन्यको धादिङमा उपचार हुँदै
प्रकाशित २०७४ जेठ ६ शनिबार
926
Shares
काठमाडौं । धादिङमा निर्वाचित जनप्रतिनिधीमाथि नै सांघातिक आक्रमण भएको छ। निर्वाचित भएका जनप्रतिनिधीहरु खुसीयालीमा विजयोत्सव मनाएर फर्किने क्रममा एमाले कार्यकर्ताहरुले साँघातिक आक्रमण गरेको धादिङ काँग्रेसले जनाएको छ। धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष लगायतका नेताहरुमाथि एमाले कार्यकर्ताहरुको सांघातिक आक्रमण गरेका हुन् ।
ज्वालामुखीको विजयजुलुसबाट फर्कने क्रममा मैदीमा खाजा खाइरहेका २०-२२ जनाको संख्यामा रहेका काँग्रेस कार्यकर्तामाथि एक्कासी करिव डेढसयको हाराहारीमा आएका एमाले कार्यकर्ताहरुले आक्रमण गरेको घाइतेहरुलाई उदृत गर्दै स्थानिय पत्रकार मुरारी अधिकारीले जानकारी दिएका छन्।
शनिबार साँझ गाउँपालिकाको वडा नं ३ मा पर्ने मैदीमा एमालेका कार्यकर्ताहरुले आक्रमण गरेको नेपाली काँग्रेस धादिङले जनाएको छ।
रोचक प्रतिस्पर्धाकाबीच एमालेका उम्मेदवार रामप्रसाद अधिकारीलाई पराजीत गरेका नेपाली काँग्रेसका उम्मेदवार विनोद तिमल्सिना तथा विभिन्न वडामा चुनिएका प्रतिनिधिहरु ज्वालामुखीको विजयजुलुसबाट फर्कदै थिए। जुलुस सकेर फर्किने क्रममा अधिकारीकै वडामा एमाले कार्यकर्ताहरुले आक्रमण गरेका हुन् । यस विषयमा एमालेका स्थानीय नेताहरुसँग प्रतिक्रिया लिन खोज्दा उनीहरुसँग सम्पर्क हुन सकेन ।
आक्रमणमा आधा दर्जन कार्यकर्ताहरु घाईते भएका छन । उनीहरुलाई एम्बुलेन्समा राखेर जिल्ला अस्पताल धादिङबेसी पुर्याईएको छ । घाइतेमध्ये गम्भीर रहेका जिल्ला कार्यसमिति सदस्य नरेन्द्र भट्टलाई काठमाडौं लाने तयारी भएको छ।
एमाले कार्यकर्ताको आक्रमणमा परि महासमिति सदस्य यमनाथ दनै पनि घाइते छन्। निर्वाचित जनप्रतिनिधीलाई नै आक्रमण गर्ने एमाले कार्यकर्ताको हर्कतलाई धार्दिङ काँग्रेसले जंगली व्यवहार भनेको छ।
घटनाको जानकारी पाए लगत्तै शसस्त्र र नेपाल प्रहरी जिल्लाबाट घटनास्थल गएको छ। घटनास्थल धादिङ ससदरमुकामबाट १७ किलोमिटर टाढा रहेको छ।