काँग्रेस भएकै कारण कसैले भेदभाव गर्छ भने गाउँपालिका चुप नबस्ने चेतावनी
रबिन थपलिया,
प्रकाशित २०७४ जेठ ६ शनिबार
579
Shares
नुवाकोट । शिवपुरी गाँउपालिकाका नवर्निवाचित अध्यक्ष रामकृष्ण थापाले नुवाकोटको शिवपुरी ८ थानापतिबाट काँग्रेसले पराजय भोगेपनि विकास निर्माणको कार्यमा कुनै पनि हालमा काँग्रेसलाई बिभेद हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिजय ¥याली सहित शिवपुरी ८ थानापति आइपुगेका नवनिर्वाचित अध्यक्ष रामकृष्ण थापा उपाध्यक्ष मञ्जु केसी सहितका अन्य वडाका नवनिर्वाचित पदाधीकारीकाबीच थापाले काँग्रेस भएकै कारण विकास निर्माणका कार्यमा थानापति वडा कार्यपालिकाले बिभेद गरे त्यसलाई गाउँपालिकाले प्रतिबाद गर्ने आश्वासन दिए । शिवपुरी गाँउपालीकाका ८ थानापतिमा काँग्रेसको पुरै प्यानल पराजय भएपछि निरास भएका काँग्रेस कार्यकर्ताहरु माझ थापाले पराजयको कारण खोजी गरी कार्यकर्ताको भावनाको कदर हुने बताए ।
थापाले शिवपुरीको आर्थिक, सामाजिक विकासका निम्ती आफुहरुले चाँडै बिशेष कार्यक्रम ल्याउने बताए । कार्यक्रममा नवर्निवाचित उपाध्यक्ष मञ्जु केसीले शिवपुरीका आठ मध्य ६ वटा वडामा सहित गाँउपालिकामा काँग्रेसले जीत हाँसिल गरेको बताँउदै दुई वटा वडामा काँग्रेस पराजीत हुँदैमा निरास हुनुनपर्ने बताइन् । उनले शिवपुरीका दुईवडामा काँग्रेसले कसरी हा¥यो त्यसको समीक्षा गर्दै आगामी प्रदेशको निर्वाचनका निम्ती तयारी गर्नुपर्ने बताइन् ।
कार्यक्रममा थानापतिका पुर्व गाविस अध्यक्ष तथा पुर्व महासमिति सदस्य बाबुकाजी पाठकले स्थानीय र्निवाचनमा काँग्रेस, एमाले र माओवादीका हस्ती नेताहरुको वडाहरुमानै आफैना संगठन हारेको बताँउदै जनताले दिएको मतको सम्मान गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य गोविन्द थपलियाले र्निवाचनको क्रममा भएको घात र अन्तरघातले काँग्रेस कार्यकर्ताको भाबनामा चोट पुगेको बताँउदै त्यसको इतिहासले मुल्यांकन गर्ने बताए ।
कार्यक्रममा शिवपुरी ८ थानापतिका नेपाली काँग्रेको तर्फबाट वडा अध्यक्षमा पराजीत उम्मेदवार केशव रिजालले सक्रिय सदस्य र उनीहरुको परिवारबाटै काँग्रेसलाई भोट नआएको भन्दै छानविन हुनुपर्ने बताए । उनले भने म त पार्टीको सिपाही हुँ थानापतिमा मैले होइन काँग्रेसले चुनाव हारेको हो, काँग्रेसमय भएको थानापतिमा किन हामीले चुनाब हा¥र्यौ त्यसको खोजी हुनुपर्दछ ।
कार्यक्रममा शिवपुरी गाँउपालिका ८ थानापतिका नेपाली काँग्रेस चुनाव प्रचारप्रसार समितिका संयोजक युवा नेता रमेश कुमार पाठकले प्रजातान्त्रिक प्रक्रियामा हार र जीत रहेको बताँउदै समग्र गाँउपालिकामा काँग्रेसको बहुमत रहेकाले पनि काँग्रेसहरुले पराजयको महसुस गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस शिवपुरी गाँउपालीका ८ का इकाई सभापति रामकृष्ण डंगोलले थानापतिमा काँग्रेसले चुनाव हारेकोमा आफुलाई दुख लागेको बताँउदै र्निवाचनको क्रममा भएको गल्तीबाट पाठ सिक्दै अगाडि बढनुको बिकल्प नभएको बताए । संविधान सभाको र्निवाचनमा ६० प्रतिशत भन्दा बढी मत पाएको काँग्रेसले थानापतिबाट पुरै प्यानलमा पराजय भोगेपछि काँग्रेस कार्यकर्ताहरु निरास भएका छन् ।