भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ को परिणाम मिश्रित आएको छ । मतगणनाको अन्तिम नतिजाअनुसार मध्यपुर थिमि नगरपालिका–४ को वडाध्यक्षमा नेपाली काँग्रेसका कुमार श्रेष्ठ विजयी भएका छन् भने सदस्यहरुमा भने नेकपा (एमाले)का उम्मेदवार विजयी भए ।
वडाध्यक्षमा काँग्रेसका कुमार श्रेष्ठले एक हजार ६०३ मत प्राप्त गरेर विजय हासिल गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बालकृष्ण पाते श्रेष्ठले एक हजार ३८५ मत प्राप्त गरे। सदस्यहरुमा नेकपा (एमाले)का रामकेशरी श्रेष्ठ, उमेश श्रेष्ठ र सुन्दरलाल श्रेष्ठ विजयी भए ।
यसैबीच, मध्यपुर थिमिको नौमध्ये चार वडाको मतगणना सकिँदा प्रमुखमा नेकपा (एमाले)ले अग्रता हासिल गरेको छ । यसअघि नेकाका उम्मेदवार अष्ट कवेँले अग्रता लिइरहेकामा वडा नं ४ को मतगणना सकिँदा नेकपा (एमाले)का मदनसुन्दर श्रेष्ठले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार एमालेका मदनसुन्दर श्रेष्ठले ६ हजार २७३ मत प्राप्त गरेका छन् भने काँग्रेसका कवेँले चार हजार ९७५ मत प्राप्त गरे ।
त्यसैगरी, उपप्रमुखमा भने काँग्रेसका अञ्जना मधिकर्मीले अग्रता कायम राअे । उनले पाँच हजार ४०७ मत प्राप्त गरे भने नेपाल मजदुर किसान पार्टीका केदार खड्काले तीन हजार ४३५ मतले मधिकर्मीलाई पछ्याइरहेका छन् ।