दोस्रो चरणको निर्वाचनको मतगणना द्रुत गतिमा गर्ने आयोगको तयारी, सुधार हाेला त ?
प्रकाशित २०७४ जेठ ४ बिहिबार
181
Shares
काठमाडाैं । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मतगणना चाँडो गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनमा जनशक्ति थपेर चाँडो मतगणना गर्ने गृहकार्यमा लागेको जानकारी दिए ।
गएको वैशाख ३१ गते भएको चुनावको मतगणना ढिलो भयो भनेर जनस्तरबाट गुनासो आइरहेका बेला दोस्रो चरणमा हुने निर्वाचनको मतगणना छिटो गर्ने तयारी गरिएको हो । ‘पहिलो चरणमा ढिलो मतगणना भएको पाइयो’, उनले भने, ‘अब दोस्रो चरणका लागि भने हामीले थप जनशक्ति लगाएर चाँडो मतगणना गर्दछौँ ।’
निर्वाचन भएको चार दिन भइसक्दा पनि अहिलेसम्म बढी मतदाता भएका स्थानीय तहको १५ देखि २० प्रतिशत मात्र मतगणना भएको छ ।