arrow

स्याङजाको वालिङमा खाँड र तिवारीले गाडे काँग्रेसको झण्डा 

logo
प्रकाशित २०७४ जेठ ४ बिहिबार
waling-mayor-upamayor.jpg

स्याङजा। स्थानिय तहको चुनावमा काँग्रेसले स्याङजाको वालिङ नगरपालिकाको मेयर र उपमेयरमा चुनाव जीतेको छ। वालिङमा काँग्रेसका दिलिप प्रसाद खाँड र कल्पना तिवारीले संयुक्त रुपमा काँग्रेसको झण्डा गाडेका हुन्। 

नेपाली काँग्रेसका तर्फबाट मेयरका प्रत्यासी खाँडले १०६०० मत ल्याएर विजयी हुँदा एमालेका पुण्य प्रसाद अर्यालले ८७४९ मत ल्याएर निकटतम प्रतिष्पर्धीमा चित्त बुझाएका छन। 

उपमेयरमा काँग्रेस नेतृ कल्पना तिवारीले ९८९५ मत ल्याएर विजयी हुँदा उनकी निकटतम प्रतिष्पर्धी एमालेकी खगिसरा थापाले ८१३४ मत ल्याएकी छिन।

काँग्रेसका प्रभावशाली नेताहरु समेत रहेको जिल्लामा काँग्रेसका नतिजा राम्ररुो आउन नसकिरहेको बेला वालिङले राहत दिएको स्थानिय काँग्रेस कार्यकर्ताहरुको भनाई छ।  

Image may contain: 1 person, crowd and outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ