गोदावरी नगरपालिकामा काँग्रेसको नेतृत्व स्थापित, ६ वडामा पनि काँग्रेसनै
प्रकाशित २०७४ जेठ ४ बिहिबार
610
Shares
ललितपुर। स्थानिय तहको निर्वाचनमा ललितपुरको गोदावरी नगरपालिकामा काँग्रेसले नेतृत्वमा वाजी मारेको छ। नेपाली काँग्रेसले गोदावरीको मेयर र उपमेयरमा वाजी मारेको हो।
ललितपुर गोदावरीको मेयरमा काँग्रेसका गजेन्द्र महर्जन १३८२० मतका साथ निर्वाचित भएका छन्। एमालेका श्याम सिलवालले भने ११०८७ मत ल्याएर उपविजेता भए।
नेपाली काँग्रेसकै मुना अधिकारी कुँवर १२७७९ मतका साथ उपमेयरमा निर्वाचित भएकी छन्। एमालेकै तारा सञ्जेल १२३९६ मतका साथ उपविजेता भइन।
काँग्रेसले गोदावरीको १४ वडा मध्ये ६ मा विजयी भएको छ। एमालेले ४ मा विजयी हुँदा, माओवादीले २, स्वतन्त्रले १ र राप्रपाले १ वडा जितेका छन्।