काँग्रेस नेतृ कान्तिका नेपालकै पहिलो महिला नगर प्रमुख
प्रकाशित २०७४ जेठ ४ बिहिबार
491
Shares
जुम्ला । चन्दननाथ नगरपालिका जुम्लामा विजयी भएकी कान्तिका सेजुवाल नेपालकै पहिलो महिला प्रमुख बनेकी छिन् । लगातार चार दिनसम्म भएको चन्दननाथ नगरपालिकाको मतगणनाको अन्तिम मतपरिणामबाट सेजुवाल प्रमुखमा भारी मतले विजय भएकी हुन् ।
नेपाली काँग्रेसकँ उनले खसेको सात हजार ५१३ मतमध्ये दुई हजार ८०६ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शान्तिलाल महतले दुई हजार ६६ मत ल्याएको मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताए ।
त्यसैगरी, उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी अप्सरादेवी न्यौपाने महतले दुई हजार १८ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका जगतबहादुर खत्रीले एक हजार ७७४ मत ल्याए ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका प्रमुखका उम्मेदवार अशोककुमार श्रेष्ठले दुई हजार १५ मत प्राप्त गरे ।
नेकपा एमालेबाट उपप्रमुखको उम्मेदवारी दिएकी मेनका रेग्मी चौलागाईंले एक हजार ७१० मत प्राप्त गरिन् । रासस