arrow

दैलेखको दुल्लु र नौमुलेमा काँग्रेसको नेतृत्व 

logo
नविन शर्मा।
प्रकाशित २०७४ जेठ ४ बिहिबार
congress-tarun-dal-dailekh.jpg

दैलेख। दैलेखको दुल्लु नगरपालिका र नौमुलेमा काँग्रेसको नेतृत्व आएको हो। दुल्लुमा काँग्रेसबाट घनश्याम भण्डारी निर्वाचित भएका छन्। मेयरमा उनले ६३४९ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिष्पधी एमालेका बरुनाथ योगीले ६२८० मत ल्याएका छन्। 

उपमेयरमा भने दुल्लुमा एमालेकी बिष्णा थापा निर्वाचित भइन। उनले ६४७८ मत ल्यााउँदा काँग्रेसकी कृष्णा शाहीले ६१०९ मत ल्याएकी छिन्। 

नौमुलेमा भने काँग्रेसले स्पष्ट जीत निकालेको छ। काँग्रेसका भविराम बुढामगरले ३१५२ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका प्रत्यासी एमालेका लिलबहादुर  राम्जालीले २६४४ मत ल्याए। 

उपाध्यक्षमा काँग्रेसकै अमृता सिंहले ३२८० मत ल्याएर निर्वाचित हुँदा एमालेकी झरना चन्दले २७३४ मत ल्याइन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ