arrow

ललितपुरको बागमती गाउँपालिकामा नेपाली काँग्रेस विजयी

logo
माधवप्रसाद घिमिरे ।
प्रकाशित २०७४ जेठ ३ बुधबार
Ranjana-Bir-Bd-bagmati-lalitpur.jpg

ललितपुर । ललितपुरको दक्षिणी भेगमा रहेको बागमती गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका वीर बहादुर लामा विजयी भएका छन् ।  लामाले ३३८८ मत प्राप्त गरी भारी मत अन्तरले गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । प्रत्यासीहरु एमालेका दुर्गाप्रसाद घिमिरेले  २२५२ र माओवादीका राजु आले मगरले १६४२ मत ल्याएका छन् ।

खसेको मत मध्येबाट लामाले ४३.८१ प्रतिशत मत प्राप्त गरेका हुन् । २०४६ सालबाट नेपाली काँग्रेसमा क्रियाशील लामा पार्टीको गाउँ तहदेखि नै राजनीतिमा सक्रिय हुँदै आएका हुन् । माओवादी द्वन्द्वकालको समयमा क्षेत्रीय सचिव र क्षेत्रीय उपसभापति समेत भएर काम गरिसकेका वीर बहादुर लामा नेपाली काँग्रेसको १२औं महाधिवेशनमा जिल्ला सदस्यमा निर्वाचित भएका थिए ।

गाउँपालिकाको उपप्रमुख  नेपाली काँग्रेसकै रञ्जना घिमिरे विजयी भएकी छिन् । उपप्रमुखमा विजयी हुन सफल घिमिरेले ३४२६ मत प्राप्त गर्न सफल भएकी छिन । खसेकाे मत मध्येबाट घिमिरेले ४४.३प्रतिशत मत प्राप्त गरेकी हुन् । उपप्रमुख निर्वाचित हुन सफल घिमिरे नेपाली कांग्रेसकी वर्तमान जिल्ला सदस्यसमेत हुन्।

उपाध्यक्षमामा एमालेकी डोल्मा कुमारी स्याङ्तानले २३४० ल्याउँदा माओवादीकी कमला दर्लामी मगरले १४५५ मत ल्याइन।

सात वटा वडा रहेको यस गाउँपालिकामा  ४ वटा वडा नेपाली काँग्रेसले जितेको छ भने बाँकी ३ वटा वडा नेकपा एमालेले जितेको छ ।

यस गाउँपालिकाका  ९५६९ मतदाताहरू मतमध्ये  ७७३३ मत खसेको थियो ।

वडा अध्यक्षहरूमा वडा नं. १ घुसेलमा नेपाली काँग्रेसका जगत लामा, वडा नं. २ माल्टामा नेपाली काँग्रेसका विजयकुमार लो, वडा नं. ३ भट्टेडाँडामा नेपाली काँग्रेसका बिष्णुप्रसाद तिमल्सिना र वडा नं. ४ प्युटारमा नेपाली काँग्रेसका नारायण घले विजयी भएका छन्।

त्यसैगरी वडा नं. ५ इकुडोलमा नेकपा(एमाले) का राजकुमार (साजन) दर्लामी, वडा नं. ६ आश्राङमा नेकपा एमालेका लाल बहादुर भोम्जन र वडा नं. ७ गिम्दीमा नेकपा एमालेका नवराज सञ्जेल विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ