arrow

कर्णालीमै पहिलो नगरपालिका प्रमुख महिला, जुम्लाको चन्दननाथमा काँग्रेसकी कान्तिका बनिन मेयर

उपमेयरमा नेकपा माओवादी केन्द्रकी अप्सरादेवि न्यौपाने महत

logo
इश्वरी देवकोटा
प्रकाशित २०७४ जेठ ३ बुधबार
kantika-sejuwal.jpg

जुम्ला। नेपाली काँग्रेसबाट जुम्लाको चन्दननाथ नगरपालिकामा कान्तिका सेजुवाल मेयर निर्वाचित भएकी छन्। कान्तिका कर्णालीकै पहिलो महिला मेयर हुन्। नेपाली काँग्रेसबाट नगरपालिकामा मेयरमा टिकट पाएकी उनले निर्वाचित हुँदै आफ्नो दक्षता प्रमाणित गरेकी छिन्।

जुम्लाको राजनीतिक परिवारकी उनी जुम्लावासीबीच लोकप्रिय छिन् । कान्तिका हवाई दुर्घटनामा दिवङ्गत हुनुभएका नेपाली कांग्रेस जुम्लाका तत्कालिन सभापति मानव सेजुवालकी धर्मपत्नी हुन्।

चन्दननाथ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी कान्तिका सेजुवाल २ हजार ७ सय ७७ मत प्राप्त गरि विजयी भएकी हुन् । 

उनको निकटतम प्रतिद्धन्दीमा नेकपा एमालेका शान्तिलाल महतले २ हजार ६६ मत ल्याएका थिए भने तेस्रो स्थानमा नेकपा माओवादीका अशोककुमार श्रेष्ठ रहे । उनले २ हजार १५ मत प्राप्त गरे । 

नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रनै मुख्य प्रतिष्पर्धामा देखिएका थिए । उनका निकटतम प्रतिद्धन्दी भन्दा ७ सय ११. मतले उनी विजयी भइन् । ६ नम्बर प्रदेशमा नगरपालिकाको उनि एक मात्र महिला प्रमुखकी उम्मेदवार थिइन् ।

त्यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रकी अप्सरादेवि न्यौपाने महत विजयी भएका छन् । उनले २ हजार १८ मतले जितेका हुन। उनको निकटतम प्रतिद्धन्दी कांग्रेसका जगत खत्रीले एक हजार ७ सय ७४ मत प्राप्त गरेका छन् । 

एमालेकी मेनका रेग्मीले एक हजार ७ सय १० मत प्राप्त गरेको  मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ