चितवन। चितवनको इच्छाकामना गाउँपालिकामा नेपाली काँग्रेस बिजयी भएको छ। मुग्लिङ आसपासका गाविसहरु जोडेर इच्छाकामना गाउपालिका बनाइएको थियो।
इच्छाकामना गाउँपालिकाको अधयक्षमा काँग्रेसकी गीता कुमारी गुरुङ ३२४० मत ल्याएर विजयी भएकी छिन्। उनकी प्रत्यासी एमालेका नारायणप्रसाद अधिकारीले ३०४६ मत ल्याएर उनलाई पछ्याएका थिए।
इच्छाकामना गाउँपालिकाको उपाध्यक्षमा कीर्तिकुमार श्रेष्ठ ३३८० मत ल्याएर विजयी भएका छन्।
उनका प्रत्यासी एमालेका जुनाराज भण्डारीले ३३०७ मत ल्याएका छन्।
नेपाली काँग्रेसले केहि नगरपालिका र गाउँपालिकाको मेयर र अध्यक्षमा महिलालाई उठाएको थियो। उठाएको मध्ये अधिकांश ठाउँमा महिला प्रत्यासीहरु विजय उन्मुख छन्।
इच्छाकामना गाउँपालिकामा पनि गीता कुमारी गुरुङ विजयी भएकी हुन्। जुम्ला, सिन्धुली लगायतका जिल्लामा पनि काँग्रेसका तर्फबाट मेयर तथा अध्यक्षका महिला उमेद्वार मैदानमा रहेका थिए।