मतगणनालाई तीब्रता दिन महानगरले थप्यो ६० जना कर्मचारी
प्रकाशित २०७४ जेठ ३ बुधबार
734
Shares
काठमाडौं। काठमाडौं महानगरको मत गणनालाई प्रभावकारी बनाउन काठमाडौं महानगरबाट ६० जना कर्मचारी खटाइएको छ। काठमाडौं महानगरको मत गणना कार्य ढिलो भएको चौतर्फी गुनासो आएपछि निर्वाचन आयोगको आग्रहमा कर्मचारी पठाइएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
यसैवीच महानगरले जननिर्वाचित प्रतिनिधिहरुलाई पदवहाली गराउन वडा कार्यालयको अवस्था सुधार तथा अनुगमन शुरु गरेको छ। यसकालागि महानगरले मंगलबार सम्पन्न गरेको वैठकमा पदबहाली गराएर कार्य जिम्मेबारी हस्तान्तरण गर्ने सहज वातावरण बनाउने र त्यसपछि निर्वाचित जनप्रतिनिधिको निर्देशनमा काम गर्ने विषयमा छलफल भएको थियो।