पैंयूँमा काँग्रेसका तिवारी विजयी, महाशिलामा भने एमालेका पौडेल
छविलाल तिवारी,
प्रकाशित २०७४ जेठ ३ बुधबार
264
Shares
पर्वत । यहाँको पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । मंगलबार सम्पन्न मतगणनामा नेपाली काँग्रेसका खगेन्द्रप्रसाद तिवारीले नौ सय ७७ मतले बिजयी भएका हुन्। तिवारीले तीन हजार चार सय ३१ मत पाउँदा नेकपा एमालेका मित्रलाल बस्यालले दुई हजार चार सय ५४ मत प्राप्त गरेका छन् ।
निर्वाचन अधिकृत यज्ञप्रसाद आचार्यका अनुसार सोमबारबिहान देखि सुरु भएको मतगणनामा सात वटा वडा रहेको पैंयूँ गाउँपालिकाको मतगणना सकिएको हो । पैंयूँ गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काँग्रेसका जसमती गुरुङ बिजयी भइन् । उनले तीन हजार एक सय ८४ मत पाउदा एमालेकी गोमता शर्माले दुई हजार चार सय ३१ मत पाइन ।
पैंयूँमा नौ हजार आठ सय नौ मतदाता रहेकोमा छ हजार आठ सय २४ मत खसेको थियो । पैंयूँ १,२,६,७ काँग्रेस, ३ र ४ एमाले र ५ नम्बर वडा माओबादी केन्द्रले जितेको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए ।
पैंयूँमा काँग्रेसका तिवारी बिजयीपैंयूँ गाउँपालिकामा नेपाली काँग्रेस बिजयी भएको छ । मंगलबार सम्पन्न मतगणनामा नेपाली काँग्रेसका खगेन्द्रप्रसाद तिवारीले नौ सय ७७ मतले बिजयी भएका हुन । तिवारीले तीन हजार चार सय ३१ मत पाउदा नेकपा एमालेका मित्रलाल बस्यालले दुई हजार चार सय ५४ मत प्राप्त गरेका छन् ।
निर्वाचन अधिकृत यज्ञप्रसाद आचार्यका अनुसार सोमबारबिहान देखि सुरु भएको मतगणनामा सात वटा वडा रहेको पैंयूँ गाउँपालिकाको मतगणना सकिएको हो । पैंयूँ गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काँग्रेसका जसमती गुरुङ बिजयी भइन् । उनले तीन हजार एक सय ८४ मत पाउदा एमालेकी गोमता शर्माले दुई हजार चार सय ३१ मत पाइन । पैंयूँमा नौ हजार आठ सय नौ मतदाता रहेकोमा छ हजार आठ सय २४ मत खसेको थियो । पैंयूँ १,२,६,७ काँग्रेस, ३ र ४ एमाले र ५ नम्बर वडा माओबादी केन्द्रले जितेको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए ।
त्यस्तै, महाशिला गाउँपालिकामा नेकपा एमालेका राजु पौडेल बिजयी भएका छन् । छ वटा वडा रहेको महाशिला गाउँपालिकामा अध्यक्ष पौडेलसहित पाँच वटा वडा अध्यक्ष बिजयी भएका हुन । पौडेलले दुई हजार चार सय ५३ मत पाउदा नेपाली काँग्रेसका कृष्ण गुरुङले दुई हजार १० मत पाए ।
त्यसैगरी उपाध्यक्षमा एमालेका हिरा थापाले दुई हजार चार सय ८३ मत ल्याएर जितिन भने उनका प्रतिद्धन्द्धी काँग्रेसका सिर्जना मल्लले एक हजार नौ सय ५१ मत पाइन । महाशिला गाउँपालिकामा वडा नम्बर १, ३, ४, ५ र ६ नेकपा एमाले र वडा नम्बर २ नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका छन् ।