arrow

फेदीखोला गाँउपालिकामा एमाले विजयी

वडा अध्यक्षमा एमाले भन्दा काँग्रेस अगाडि

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ जेठ २ मंगलबार
phedikhola.png

स्याङ्जा । स्थानीयतहको निर्वाचन पछि स्याङ्जामा मतगणना अझै जारी रहेको छ । ११ ओटा स्थानीयतह रहेको स्याङ्जामा फेदीखोला गाँउपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित ४ ओटा वडामा एमाले विजयी भएको छ भने एक वडामा अध्यक्ष काँग्रेसले विजयी भएको छ । फेदीखोला गाँउपालिकाको एमालेका अध्यक्षका उमेदवार घनश्याम सुवेदीले ३८०६ मत ल्याएर विजयी भएका छन् । उनका प्रत्यासी काँग्रेसका उमेदवार तारापति सुवेदीले १७६० मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा एमालेकी देविमाया थापा ३४२८ मत ल्याएर विजयी भएकी छन् भने उनका प्रत्यासी काँग्रेसका उमेदवार मायादेवी पनेरुले १८०६ मत प्राप्त गरेकी थिइन् । वडा नं. १ खिमबहादुर क्षेत्री, २ मा हिमालयजंग बानियाँ, ४ माधवप्रसाद सुवेदी, ५ मा देउकुमारी गुरुङ एमालेबाट विजयी भएका छन् भने ३ मा कृष्णबहादुर रानाभाट काँग्रेसबाट विजयी भएका छन् । 

५ नगरपालिका र ६ गाँउपालिका रहेको स्याङ्जामा एक गाँउपालिकाको मतगणना सम्पन्न भएको छ भने अन्य गाँउपालिका र नगरपालिकामा मतगणना जारी रहेको छ । अहिले सम्म निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार नगरपालिकामा भएको मतगणना अनुसार ७ ओटा वडामा काँग्रेस विजयी भएको छ भने ४ ओटा वडामा एमाले विजयी भएका छन् । जस अनुसार पुतलीबजारमा वडा नं. १ मा निर्मल शेरचन र २ मा तिलकराम श्रेष्ठ एमालेबाट विजयी भएको छ भने भीरकोट वडा नं. १ मा काँग्रेसबाट दिपेन्द्र केसी. र २ मा एमालेबाट कमल त्रिपाठी विजयी भएको छ।

यसै गरी वालिङ नगरपालिकामा वडा नं. १ मा केदार काफ्ले, २ मा पोतप्रसाद लम्साल र ३ मा शुकबहादुर गुरुङ काग्रेस बाट विजयी भएका छन् भने वडा नं. ४ रनध्वज गुरुङ एमालेका उमेदवार विजयी भएका छन् । गल्याङमा वडा नं. ३ काँग्रेसका महेश भट्टराई र चापाकोटमा काँग्रेसले वडा नं. १ मा टिकाराम तिवारी र २ मा सुर्यबहादुर सेन विजयी हासिल गरेका छन् ।

यसै गरी गाँउपालिका तर्फ आँधीखोला गाउपालिकामा १ वडामा एमालेका लोकनाथ ढकाल विजयी भएको छ भने अर्जुनचौपारी गाँउपालिकाल वडा नं. १ एमालेका चित्रबहादुर क्षेत्री विजयी भएको छ । हरिनास गाँउपालिकामा एक वडा काँग्रेस, विरुवा अर्चले गाउपालिकामा एक वडा एमाले र कालिगण्डकी गाँउपालिका वडा नं. १ मा एमाले विजयी भएका छन् । 

५ नगरपालिकामा ४ नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ भने पुतलीबजार नगरपालिकामा एमालेले अग्रता लिएको छ । ५ गाँउपालिकामा २ गाँउपालिकामा एमालेले अग्रता लिएको छ भने ३ गाँउपालिकामा काँग्रेसले अग्रता लिएको छ । पुतलीबजार नगरपालिकामा एमालेका मेयर सिमा क्षेत्रीले १२९४, उपमेयर महेश पुरीले १३५८, काँग्रेसका मेयर तुलसी रेग्मीले १०९८ र उपमेयर हिरा शर्माले १०९१ मतप्राप्त गरेका छन । भीरकोट नगरपालिकामा काँग्रेसका मेयर छायाँराम खनालले १३१५ उपमेयर सिमा क्षेत्रीले १३६०, एमालेका मेयर सन्तोष केसीले ९५१, उपमेयर सरस्वती अधिकारीले ११६२ मत प्राप्त गरेका छन् ।

यसै गरी वालिङ नगरपालिकामा काँग्रेसका मेयर दिलिपप्रताप खाँणले २६६८, उपमेयर कल्पना तिवारीले २५७२, एमालेका मेयर पुण्यप्रसाद अर्यालले २२५१, उपमेयर खगिसरा थापाले २२८६ मत प्राप्त गरेका छन् । गल्याङ नगरपालिकामा काँग्रेसका मेयर लालगोपाल अर्यालले ७५५ उपमेयर खगिसरा भण्डारीले ६०७, एमालेका मेयर भुपराज अधिकारीले ६४६, उपमेयर देविसरा थापाले ६९१ मत प्राप्त गरेका छन् । चापाकोट नगरपालिकामा काँग्रेसका मेयर शिवकुमार गिरीले १२३९, उपमेयर विमला श्रेष्ठले १३११ मत प्राप्त गरेका छन् भने एमालेका मेयर बुद्धिमान श्रेष्ठले ९३६, उपमेयर सरस्वती भट्टराईले ८३५ मत प्राप्त गरेका छन् ।

१ लाख ९१ हजार मतदाता संख्या रहेको स्याङ्जामा ११ ओटा स्थानीयतहको निर्वाचनमा करिव ७० प्रतिशत मात्र मत खसेको बताइएको छ । मतपरिणाम सम्पन्न भएपछि वडा, वडामा विजयी ¥याली निकिालिएको छ । जेष्ठ १ गते विहान देखि शुरु भएको मतगणनाको परिणाम आउन अझै दुईदिन लाग्ने बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ