काठमाडौं । काठमाडौं महानगरपालिकामा ताजा अवस्थामा विवेकशील नेपाली दल दोस्रो स्थानमा आईपुगेको छ । विवेकशीलकी उम्मेदवार रञ्जु दर्शनाले एमालेलाई पछि पार्दै ४ सय ४८ मतका साथ दोस्रो स्थान ओगट्न सफल भएकी हुन् ।
ताजा अवस्थामा नेपाली काँग्रेसका उम्मेदवारको ७५६ मत आएको छ भने एमालेका उम्मेदवारको ३९८ मत मात्रै आएको छ । त्यस्तै, साझा पार्टीको १९८ मत आउँदा माओवादीको ११९ मत आएको छ ।