काठमाडौं महानगरपालिकामा काँग्रेसको अग्रता फराकिलो बन्दै
प्रकाशित २०७४ जेठ २ मंगलबार
548
Shares
काठमाडौं। काठमाडौं महानगरपालिकामा काँग्रेसको अग्रता फराकिलो बन्दै गएको छ। काँग्रेस २०४ मतले अगाडि देखिएको छ।
काँग्रेसका राजुराज जोशीको ५४४ एमालेका विद्यासुन्दर शाक्यको ३४०, साझा पार्टीका किशोर थापाको २१३ र बिबेकशीलकी रन्जु दर्शनाको २०० मत देखिएको छ।
यो गणना वडा नम्बर १ र ३२को संयुक्त हो। वडा नम्वर ३२मा गणना गरिएका २५० मत मध्येमा नेपाली कांग्रेसले १३५ मत ल्याउँदा नेकपा एमालेले ३२ मत मात्र ल्याएको छ। यो एमालेको भन्दा चार गुणा धेरै हो।
यस्तै वडा नम्वर ३२मा विवेकशिल पार्टी ४७ मत, साझा पार्टीका उम्मेदवार किशोर थापाले ११ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रले ८ मत प्राप्त गरेको छ।
उपमेयरमा काँग्रेसको हरिप्रभा खड्गी श्रेष्ठ ४२९, राप्रपाको राजाराम श्रेष्ठ २१४, माओवादीको शुशिला पौडेलको २१ र साझा पार्टीको निरुपमा यादव १४५ मत रहेको छ।
वडा नम्वर १ मा भने काँग्रेसको अनपेक्षित कम मत खसेको छ। यद्यपी साझा पार्टीका उमेद्वार किशोर थापाको पारिवारिक नाता भएको क्षेत्र भएका कारण उनलाई वढी मत नक्साल आसपासबाट वढी मत झरेको आँकलन गरिएको छ।