arrow

रामचन्द्रको जिल्लामा एमालेले खोल्यो खाता, अध्यक्ष जित्यो, उपाध्यक्ष एक मतले चिप्लियो

logo
प्रकाशित २०७४ जेठ २ मंगलबार
devghat_uml.png

तनहुँ । काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको जिल्ला तनहुँमा एमालेले खाता खोलेको छ । चार नगरपालिका र ६ गाउँपालिका रहेको तनहुँको एक गाउँपालिकाको चुनावी नतिजा आएको छ ।

तनहुँको देवघाट गाउँपालिकामा एमाले विजयी भएको हो । एमालेका दुर्गाबहादुर थापा २८८९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेस उम्मेदवार कर्णबहादुर गुरुङले २८१४ मत ल्याए ।

उपाध्यक्षमा भने नेपाली काँग्रेसले जितेको छ । काँग्रेस उम्मेदवार विमला थापा एक मतको अन्तरले विजयी भइन् । एमाले उम्मेदवार सावित्री न्यौपाने एक मतलृे चिप्लिइन् । थापाले २८६० मत ल्याउँदा न्यौपानेले एक मत कम २८५९ मत ल्याइन् । तनहुँका अन्य गाउँपालिका र नगरपालिकाको मत गणना जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ