दैलेख। दैलेखको ढुङगेश्वर गाउँपालिकामा काँग्रेस विजयी भएको छ। काँग्रेसले ढुङगेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित ४ वडामा समेत विजय हासिल गरेको छ।
अध्यक्षमा काँग्रेसका नगेन्द्रबहादुर मल्ल २७८७ ल्याएर विजयी भएका छन् उनका प्रत्यासी एमालेका मानकहादुर बिष्टले उनलाई पछ्याउँदै २४६९ मत ल्याएका थिए।
उपाध्यक्षमा काँग्रेसकै सीता ज्ञवालीले २६२८ मत ल्याउँदा एमालेका कलावती न्यौपाने २६१८ मत ल्याएकी छन्। उपाध्यक्षमा कडा प्रतिष्पर्धा भएको हो।