arrow

कास्कीको सवैभन्दा ठूलो गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षमा एमालेको जित

logo
प्रकाशित २०७४ जेठ २ मंगलबार
madi.png

कास्की । क्षेत्रफलका हिसावले कास्कीको सबैभन्दा ठूलो गाउँपालिका मादीको अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार वेदबहादुर गुरुङ नेपाली काँग्रेसका देवीजङ्ग गुरुङलाई ९ सय ८४ को फराकिलो मतले  पराजित गर्दै विजयी भए ।

वेदबहादुरले ४ हजार ६ सय ३७ मत ल्याउँदा काँग्रेस उम्मेदवार देवी गुरुङ्गले ३ हजार ६ सय ५३ मत ल्याए । उपाध्यक्षमा एमालेकै उम्मेदवार विष्णु पौडेल विजयी भएको पौडेलले काँग्रेस उम्मेदवार प्रभाश्री गुरुङलाई १ हजार ३ सय ९२ मतले पराजित गर्दै विजयी भए ।

पौडेलले ४ हजार ५ सय २३ मत ल्याए । गुरुङले ३ हजार १ सय ३१ मत ल्याए ।  १२ वडा रहेको मादी गाउँपालिकाको १, २, ४, ६, १० र १२ नम्बर वडामा एमालेले जितेको छ भने ३, ५ र ८  मा काँग्रेसले तथा ७, ९ र ११ नम्बर वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ