जाजरकोटको दुई गाउँपालिकाको नतिजा आयो : १ काँग्रेस, १ एमाले
प्रकाशित २०७४ जेठ २ मंगलबार
520
Shares
जाजरकोट । जाजरकोटमा दुई गाउँपालिकाको चुनावी नतिजा आएको छ । एउटा गाउँपालिकामा काँग्रेस र एउटा गाउँपालिकामा एमालेले जितेको छ ।
कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका हरिशचन्द्र बस्नेत निर्वाचित भएका छन् । उपाध्यक्षमा काँग्रेसकै रामछायाँ शाही निर्वाचित भइन। यस्तै, शिवालय गाउँपालिकामा एमालेका नरेन्द्रबहादुर शाही विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै कुमारी थापा विजयी भएकी छन् ।
३ नगरपालिका र ४ गाउँपालिका रहेको जाजरकोटमा अन्य स्थानीय तहको मत गणना जारी रहेको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाले बताए ।
उनले भने, ‘नगरपालिकाको मत गणनामा केही ढिलाई भएको छ । पुरै नजिता आउन अझै वुधबारसम्म लाग्ने देखिएको छ ।’ यद्यपि, बदर मत भने देखिएका छैनन् ।
खलंगा लगायतका स्थानमा अझै धरै मत गन्न बाँकी रहेके उनले बताएका छन् ।