काठमाडौं। देशकै राजधानी काठमाडौं अनि देशकै पहिलो महानगरपालिका काठमाडौंमा अत्यन्तै ढीला मतगणना भइरहेको कारणले जति चर्चामा छ त्यो भन्दा वढी चर्चा यहाँ भइरहेको वदर मतका कारणले पनि भइरहेको छ।
काठमाडौंको पढेलेखेका शिक्षित समुदाय बस्ने गरेको नक्साल आसपासको वडा नम्वर १मा खसेको वदर मतलाई हेर्दा काठमाडौंमा वदर मत कहालीलाग्दो गरिआउने होकी भन्ने आशंका गरिएको छ। वडा नम्बर १ मा कुल उम्मेद्वारी दर्ता २१ रहेको छ। अध्यक्ष पदका लागि १ जना स्वतन्त्रसहित ५ जना प्रत्यासी छन्।
अहिलेसम्म गणना भएको ७११ मतसंख्यालाई हेर्दा मेयरमा ८२ मत वदर भएको छ। यो प्रतिशतमा १० प्रतिशत भन्दा वढी हो। जसमा मेयर पदकालागि एमालेका विद्यासुन्दर शाक्यले २०३, साझा पार्टीका स्वतन्त्र उमेद्वार किशोर थापाले १३३, नेपाली काँग्रेसका राजुराज जोशीले १२८ र विवेकशीलको स्वतन्त्र उमेद्वार रञ्जु दर्शना १०२ मत ल्याएकी छन् भने माओवादी केन्द्रका सर्वोत्तमदास डंगोलले ११ मत ल्याएका छन्।
उपमेयरमा पनि १४६ मत वदर भएको छ। यो वदर मत मेयरको भन्दा झण्डै दोव्वर रहेको छ। १४६ मत वदर हँदा उपमेयरमा काँग्रेसकी हरिप्रभा खड्गी श्रेष्ठले १८४, राप्रपाका राजाराम श्रेष्ठले १४२, स्वतन्त्रका निरुपमा यादवले ९१ र माओवादी केन्द्रका शुशिला पौडेलले १४ मत ल्याएका छन्।
वडाध्यक्षमा एमालेका भरतलाल श्रेष्ठले ३४७, काँग्रेसका भोला थापाले १८१, राप्रपाका कृष्णलाल श्रेष्ठले ५४ र माओवादी केन्द्रका उमेद्वारले १४ ल्याउँदा ४३ मत वदर भएको छ।
काठमाडौं महानगरपालिकामा मेयर पदका प्रत्यासी २८ जना रहेका छन् भने उपमेयर पदका प्रत्यासी १३ जना रहेका छन्।