arrow

माओवादीले २ मतले जित्यो डोल्पाको मुड्केचुलामा, जगदुल्ला पनि माओवादीले नै जित्यो

logo
प्रकाशित २०७४ जेठ २ मंगलबार
dolpa-district.png

डोल्पा। डोल्पामा माओवादी केन्द्रले दुई गाउँपालिकामा विजय हासिल गरेको छ । जिल्लाको मुड्केचुला र जगदुल्ला गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी भएका हुन् । 

मुड्केचुलाको प्रमुखमा दत्तबहादुर शाही ९३३ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायले ९३१ मत ल्याए । रोकाय शाहीभन्दा दुई मत मात्र कम ल्याएर परिजित भएका हुन् । 

मुड्केचुलाको उपप्रमुखमा भने एमालेकी सविनाकुमारी रोकाय ९५९ सहित विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी हिमाली घर्तीले ८३५ मत पाइन् । 

यसैगरी जगदुल्ला गाउँपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा माओवादी उम्मेदवार विजयी भएका छन् । जगदुल्लामा माओवादीका नरसिंह रोकाय ५५६ मतसहित विजयी भए । एमालेका दलबहादुर महतराले ४३४ मत पाएका छन् ।
 
उपप्रमुख पदमा माओवादीकी उमेद्वार विजयी भइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ