arrow

चाँगुनारायणमा फेरि चुनाव गरिने 

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
changunarayan_municipal.png

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकामा फेरि चुनाव हुने भएको छ । नेपाल मजदुर किसान पार्टीको गढ मानिएको भक्तपुरमा सोही पार्टीको चुनाव चिह्न नै नभएको मतपत्र भेटिएपछि स्थानीयले त्यसको विरोध गरेका थिए ।

चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटमा नेमकिपाको चुनाव चिन्ह मादल नै नभएको मतपत्र फेला परेपछि सो नगरपालिकामा आयोगले नै फेरि चुनाव गर्ने निर्णय गरेको चाँगुनारायण नगरपलिकाकी निर्वाचन अधिकृत रिन्जा डँगोलले जानकारी दिईन् । 

चाँगुनारायण नगरपालिका ६ वडा कार्यालयमा रहेको बुथमा एक ठेली नै मतपत्रमा नेमकिपाको चुनाव चिह्न नै नभएको पाइएको भन्ने जानकारी लगभग २० जनाले भोट हालेपछि यस तथ्य पत्ता लागेको ड‌ंगोलले जानकारी दिइन् । तर निर्वाचन कुन मितिमा गर्ने भन्ने बारेमा भने मिति तय गरिसकिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ