arrow

ललितपुरको कुपण्डोलमा यसरी निस्कियो काँग्रेसको विजय जुलुस

नारा : 'काँग्रेस कसको जनताको’

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
cong-kupndol.jpg

ललितपुर । ललितपुर महानगरको एक नम्बर वडामा काँग्रेसका उम्मेदवार निर्मल तण्डुकार विजयी भएपछि काँग्रेसले विजय जुलुस निकालेको छ ।

लण्डुकार  एमालेका रमेश कुमार महर्जन र माओवादी केन्द्रका अर्जुन तण्डुकारलाई उछिन्दै महानगरको एक नम्बर वडाको वडा अध्यक्षमा निर्वाचित भए ।

विजयी भएपछि काँग्रेस कार्यकर्ताले कुपण्डोलमा विजय जुलुस निकाल्दै ‘यो जित कसको जनता को, काँग्रेस कसको जनताको’ भनेर नारा लगाए ।

ललितपुर महानगरको मेयरमा भने सुरुवातमा काँग्रेसले अग्रता लिए पनि पछिल्लो मत परिणाममा एमाले अघि देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ