arrow

नवलपरासीमा काँग्रेसले अग्रता लिदै 

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
nawalparasi_map_new.png

काठमाडौं। स्थानिय तहको निर्वाचनमा नवलपरासीमा काँग्रेसले अग्रता लिन थालेको छ। काँग्रेसले कावासोती नगरपालिकामा मेयरमा ६९३ मत र उपमेयरमा ६९४ मत ल्याएर अगाडी छ। एमालेले  मेयरमा ६५९ र उपमेयरमा ६५८ मत ल्याएर दोस्रो स्थानमा छन्। 

मध्यबिन्दु नगरपालिकामा मेयरमा कांग्रेसले ९२०, उपमेयरमा ९३२ मत ल्याएर पहिलो स्थानमा छ भने एमालेले मेयरमा ८०४ र उपमेयरमा ८१६ मत ल्याएर दोस्रो स्थानमा छ।

देवचुली नगरपालिकामा  एमाले मेयरमा ८६५ , उपमेयरमा ९०४ मत ल्याएर पहिलो स्थानमा छ कांग्रेस मेयरमा ८५६ र उपमेयर ७८० मत ल्याएर दोस्रो स्थानमा छ।            

गैडाकोट  नगरपालिकामा  एमाले मेयरमा ५६२ , उपमेयरमा ५२४ मत ल्याएर पहिलो स्थानमा र काँग्रेस मेयरमा ४८३ , उपमेयरमा ५१८ मत ल्याएर दोस्रो स्थानमा छ।           

बिनयी त्रिवेणि गाउँपालिका  काँग्रेसका अध्यक्ष  १३०२ र एमाले ८१२  मतका साथ दोस्रो स्थानमा छ। बुङदीकाली गाँउपालिकामा एमाले १०३ मत सहित अग्रस्थानमा छ भने  काँग्रेस ९६ मतका साथ दोस्रो स्थानमा छ।                        

बुलिङ्गटार गाँउपालिकामा  काँग्रेस ५१३ मत सहित पहिलो र एमाले २३९ मतसहित दोस्रो स्थानमा छ। 

हुप्सेकोट गाँउपालिकामा काँग्रेस ८२४ मतसहित पहिलो स्थानमा र  एमाले ६६५ मत सहित दोस्रो स्थानमा छ। 

बिनयि त्रिवेणि गाँउपालिका वडा नम्बर ५ मा काँग्रेसको प्यानलनै बिजयी भएको छ भने हुप्सेकोट १ मा पनि काँग्रेसको प्यानलनै बिजयी भएको छ। देवचुली ६ मा नेकपा एमालेको प्यानलनै बिजयी भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ