दलहरुको टकरावबीच पोखरा लेखनाथ महानगरको मतगणना सुरु
प्रकाशित २०७४ जेठ १ सोमबार
414
Shares
कास्की । पोखराको लेखनाथ महानगरपालिकामा विवादबीच मतगणना सुरु भएको छ । सर्वदलीय बैठकमा मत गणना गर्दा एक जना प्रतिनिधि राख्ने वा दुई जना भन्नेमा विवाद भएपनि ढिला गरी मतगणना सुरु भएको हो ।
११ बजे नै मतगणना सुरु गर्ने भनिएपनि दलहरुबीच प्रतिनिधि राख्ने विवाद भएपछि समयम सुरु भएन । एक नम्बर वडाको मत गणना भइरहेको र प्रारम्भिक मत परिणाम नसुनाइएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।