काठमाडौं । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा एमालेको अग्रता रहेको छ । महालक्ष्मीको मतगणना भइरहँदा नेकपा(एमाले)बाट मेयरका उम्मेदवार रामेश्वर थापाले ४८९ ,माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ३१८, नेपाली काँग्रेसका महेश खड्काले २४७ र राप्रपाका आनन्द अधिकारीले २३३ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरका उम्मेदवार एमालेकी निर्मला थापाले ६६०, कांग्रेसकी लक्ष्मी श्रेष्ठले २६०, माओवादी केन्द्रकी लक्ष्मीसिंह महर्जनले २०० र राप्रपाकी निर्जला कार्कीले १३५ मत ल्याएका छन् ।
वडा १ को अध्यक्षमा एमालेका नन्दकुमार न्यौपानेले ३६९, माओवादी केन्द्रका अभिषेक खत्रीले १६९, कांग्रेसका शेरकुमार केसीले १५१ र राप्रपाका देउबहादुर राईले ३६ मत ल्याएका छन् ।
त्यसैगरी वडा २ को अध्यक्षमा एमालेका रामबहादुर सुवेदीले २३७, कांग्रेसका राजेश सुवेदीले १४५, माओवादी केन्द्रका सुरेश महर्जनले १०५ र राप्रपाका सुसिला सुवेदीले ९२ मत ल्याएका छन् ।