काठमाडौं । ललितपुर महानगरबाहेकका अन्य ३ नगरपालिकाहरुमा मध्याह्न १२ बजेसम्म मत गणना सुरु भईसक्ने सम्बन्धित महानगरका निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन् ।
काठमाडौं महानगरपालिकाका निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले ११ बजेदेखि काठमाडौैं महानगरपालिकाको मत गणना आउन सुरु हुने जानकारी दिए । तीन महानगरमध्ये दुई महानगरले सर्वदलीय बैठक सम्पन्न गरिसकेका छन् भने भरतपुर महानगरको सर्वदलीय बैठक बसिरहेको छ ।
पोखरा लेखनाथ महानगरका निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णका अनुसार साढे ११ बजेदेखि मत गणना सुरु गर्ने सहमति भएको छ । तर चितवन महानगरपालिकामा भने सर्वदलीय बैठक बसिरहेकोले १२ बजेदेखि मत गणना सुरु गर्ने सम्भावना रहेको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज इश्वरी भट्टराईले जानकारी दिए ।