-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
जिरी । दोलखाको जिरी नगरपालिकामा काँग्रेस अगाडि रहेको छ । काँग्रेस उम्मेदवार सोनाम शेर्पा ३०१ मतसहित अगाडि रहेका छन् ।
त्यस्तै माओवादी केन्द्रका गल्बु शेर्पा १६६ मतसहित दोस्रो स्थानमा छन् । एमालेका टंकबहादुर जिरेल भने १३६ मतसहित तेस्रो स्थानमा छन् ।
जिरी नगरपालिकाको वडा नम्बर १ मा काँग्रेसले क्लीनस्वीप गरेको छ । वडाध्यक्षमा लाक्पा शेर्पा २९७ मतसहित विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सांगे शेर्पाले १८२ तथा एमालेका निमा शेर्पाले १३१ मत पाए ।
वडा १ का सबै सदस्यहरुमा पनि काँग्रेस नै विजयी भएको छ ।