जुम्लाको चन्दननाथमा काँग्रेस अगाडि, एमाले तेस्रो स्थानमा
प्रकाशित २०७४ जेठ १ सोमबार
442
Shares
जुम्ला। स्थानीय तह पहिलो चरणको निर्वाचन अन्तर्गत मतगणना जारी छ। मतगणना अनुसार जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा नेपाली काँग्रेस अगाडि रहेको छ।
काँग्रेसबाट कान्तिका सेजुवालले ६६ मत प्राप्त गर्दा माओवादी केन्द्रका अशोककुमार श्रेष्ठ २८ मतसहित दोस्रो स्थानमा रहेका छन्। त्यस्तै एमाले भने तेस्रो स्थानमा छ । एमालेका शान्तिलाल महतको मात्र १० मत रहेको छ।