रसुवामा दुई र नुवाकोटमा एक गाउँपालिकामा मतगणना सुरु
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
641
Shares
काठमाडौं। रसुवाका दुई र नुवाकोटका एक गाउँपालिकामा मतगणना सुरु हुन थालेको छ। आईतबार भएको स्गानीय तहको निर्वाचनको मत गणना गर्ने क्रममा आईतबार नै रसुवाको उत्तरगया गाउँपालिका र कालिका गाउँपालिकामा मतगणना सुरु हुन लागेको त्यहाँका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन्। उनीहरुले ११ बजेदेखि मत गणना सुरु गर्ने गरी सर्वदलीय सहमति गराएको जनाएका छन्।
त्यस्तै, नुवाकोटको तादी गाउँपालिकामा आईतबार नै मतगणना हुने भएको छ। कूल १२ हजार भन्दा बढी मतदाता रहेको सो गाउँपालिकामा पौने ११ बजेदेखि नै मत गणना सुरु भएको हो।