काठमाडौं । थोत्रा हतियार देखाएर अपराधी तर्साउने सरकारको कमजोर व्यवस्थापनका कारण कालिकोटको एउटा बुथमा नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताहरुले मतपेटिका नै खोसेर जलाईदिएका छन् ।
कालिकोटको नन्ददेवी मा वि सेरापाटा केन्द्रमा आईतबार भएको निर्वाचनमा बुथ कब्जा गर्न गएकाहरुलाई प्रतिकार गर्न खोज्दा प्रहरीको गोली नचलेपछि उनीहरुले प्रहरीलाई नै पिटेर मतपेटिका जलाईदिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले विप्लव समूहका कार्यकर्ताहरुले बुध कब्जा गर्न खोज्दा प्रहरीको गोली नचलेको जानकारी दिएका हुन । उनीहरुले हतियार पुरानो भएर पेस्तोलले काम नगरेको प्रहरीले जनाएको छ ।
मतपेटिका नष्ट भएसँगै निर्वाचन स्थगित भएको छ । अर्काे निर्वाचन कहिले सुरु हुन्छ भन्ने टुंगो लागिसकेको छैन ।