arrow

दोलखामा प्रहरीको गोली लागेका भुवनको पनि मृत्यु, गोली खाएर मर्नेको संख्या २

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
Dolakha_District.png

चरिकोट । दोलखाको मेलुङ गाउँपालिका वार्ड नम्बर –१ स्थित पवटी (साविकको पवटी गाविस) को सत्यवर माध्यामिक विद्यालयको मतदान केन्द्रमा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ ।

घटनास्थलबाट चरिकोट ल्याउँदै गर्दा घाइते भुवन थापाको मृत्यु भएको हाम्रा समा जिल्ला सहकर्मीले जनाएका छन् । घाइतेलाई बोलेरो जीपमा हालेर चरिकोट पठाइएको थियो । घाइते लिन गएको हेलिकोप्टर भने आकाशमै घुमेर फकिएको बताइएको छ ।

यसअघि काँग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको थियो । भुजेलको मृत्यु भएको स्थानमा स्थानीयले प्रहरीलाई जान दिएका छैनन् । प्रहरीले काँग्रेस र माओवादी केन्द्रका कार्यकार्ताले मतपेटिका लुट्न खोजेपछि गोली चलाउन बाध्य भएको बताएको छ । 

काँग्रेस दोलखाका पूर्वसभापति ताराबहादुर कोइरालाले मतदान गरेर घर फर्किन लागेका कार्यकर्तालाई प्रहरीले गोली हानेको बताए । आफुहरुलाई मतदान केन्द्रमा देखेपछि प्रहरी त्यसै आक्रामक भएको उनले बताएका छन् । भुजेललाई प्रहरी निरीक्षक इन्सपेक्टर विनोद सुनुवारले प्रहार गरेको गोली लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ