दोलखामा प्रहरीको गोली खाएर मर्ने काँग्रेस कार्यकर्ता
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
578
Shares
दोलखा । दोलखाको मेलुङ गाउँपालिकामा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बाध्य भई गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीको गोली लागेर काँग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टका अनुसार मेलुङ गाउँपालिकाको पवटी मतदान केन्द्रमा गोली प्रहार भएको हो । झडपमा केही घाइते भएका छन् । रासस