काठमाडौं क्षेत्र नम्वर ४ का सांसद समेत रहेका थापाले विहान १० वजे मत खसालेका थिए।
मत खसालेपछि संवाददाताहरुसँग कुरा गर्दै थापाले संविधान कार्यान्वयनको चरण शुरु भएको बताए। अब दोस्रो चरणमा बाँकी प्रदेशको चुनाव गर्न राजनीतिक वातावरण मिलाउनु पर्छ।
थापाले सबै राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई उत्तेजनामा नआइ शान्तिपूर्ण रुपमा चुनावमा सहभागि हुन आग्रह समेत गरे।