arrow

एक सय बर्ष नाघेका वृद्धहरुद्वारा मतदान

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार

गोरखा । गोरखामा १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गरेका छन्। त्यसैगरि स्थानीय तहको निर्वाचनमा गैँडाकोट नगरपालिका वडा नं ८ निवासी १०४ वर्षीय भूमिश्वर सापकोटाले पहिलो मतदान गरी निर्वाचन सुरु भएको छ । 

उनले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति विद्यालयमा रहेको मतदान केन्द्रमा पहिलो मतदान गर्नुभएको निर्वाचन अनुगमनमा खटिनुभएका सहसचिव शिवराम न्यौपानेले जानकारी दिनुभयो । गोरखामा शान्तिपूर्ण मतदान भइरहेको छ।

त्यस्तै प्रदेश नं ४ अन्तर्गत रहेको गैँडाकोट नगरपालिकाको कालिका मतदान केन्द्रमा भएको मतदानमा सापकोटाले मतदान गरेकाछन् हो । निर्वाचन शान्तिपूर्ण तरिकाले भइरहेको मतदान अधिकृतले जानकारी दिएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ