काठमाडौं। गोरखामा १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गरेका छन् । उनले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति विद्यालयमा रहेको मतदान केन्द्रमा पहिलो मतदान गरेको निर्वाचन अनुगमनमा खटिएका सहसचिव शिवराम न्यौपानेले जानकारी दिए । गोरखामा शान्तिपूर्ण मतदान भइरहेको छ ।
त्यस्तै स्थानीय तहको निर्वाचनमा गैँडाकोट नगरपालिका वडा नं ८ निवासी १०४ वर्षीय भूमिश्वर सापकोटाले पहिलो मतदान गरी निर्वाचन सुरु गरे । प्रदेश नं ४ अन्तर्गत रहेको गैँडाकोट नगरपालिकाको कालिका मतदान केन्द्रमा भएको मतदानमा सापकोटाले मतदान गरेका हुन् । निर्वाचन शान्तिपूर्ण तरिकाले भइरहेको मतदान अधिकृतले जानकारी दिएका छन् ।