arrow

कमल थापाले गरे हेटौडाबाट मतदान

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
kamal-thapa-1.jpg.jpeg

हेटौंडा। राष्ट्यि प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बाल ज्योति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् । 

आइतबार बिहान ७ बजेर ४० मिनेट जाँदा थापालेले मतदान गरेका हुन् ।  मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नयाँ संविधानले संरचना गरेको स्थानीय तहको निर्वाचनमा आफूले पनि २० वर्षपछि मतदान गर्न पाएकामा हर्ष व्यक्त गर्दै मतदाताले पनि राष्ट्रको स्थायी शान्ति र प्रजातन्त्र सुदृढीकरणका लागि मतदानमा भाग लिनुपर्ने धारणा राखे। 

यसैबीच गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका वडा नं १८ दोभानचौरमा रहेको कमला निम्नमाध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा  बिहान मतदान गरेका छन् । जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भइरहेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले जानकारी दिनुभयो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ