arrow

दोलखामा एमाले कार्यकर्ताले काँग्रेसका ६ कार्यकर्तामाथि बर्साए खुकुरी, बिगुमा हुन सकेन चुनाव

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
voting.jpg

दोलखा । दोलखाका विभिन्न ठाउँमा एमाले कार्यकर्ताले काँग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गरेका छन् । ६ जना घाइते भएका छन् ।

बैतेश्वर गाउँपालिकाको गैरीमुदीमा एमाले कार्यकर्ताले काँग्रेस कार्यकर्तामाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्दा चार जना घाइते भएका छन् । उनीहरुको टाउको हात र खुट्टामा चोट रहेको छ। जीवन तामाङको टाउकोमा खुकुरी हानिएको छ भने लाल बादुर तामाङमाथि पनि खुकुरी हानिएको छ। चिरन तामाङ र पर्शुराम तामाङको खुट्टा भाँचिएको छ । 

त्यस्तै झुलेमा एमाले कार्यकर्ताले मतदान गर्न घरबाट निस्केका अच्यूत कार्कीमाथि मतदान केन्द्र पुग्नु अघीनै एमाले कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । 

यता, एमाले कार्यकर्ताको मृत्यु भएको गौरीशंकर गाउँपालिकाको जुगुमा भने उच्च सुरक्षा सतर्कताका साथ निर्वाचन निर्वाध रुपमा सुचारु भएको छ । 

बिगु गाउँपालिकामा शनिबार राति एमालेले रांगो ढालेर भोज खुवाइरहँदा काँग्रेस नेताहरुले आचार संहिता उल्लंघन गरेको भनी सम्झाइरहँदा एक्कासी जाइलागेका छन् । सो क्रममा बढेको विवाद मतदान केन्द्रसम्म आइपुगेको छ।

मतदान केन्द्रमा काँग्रेस उमेद्वार हस्त बहादुर थामीमाथि एक्कासी आक्रमण हुँदा काँग्रेस कार्यकर्ताहरुले प्रतिकार गरेका थिए। सो क्रममा हरि थामी मैया थामी प्रेम थामी र लक्षु थामी घाइते भएका छन्। उक्त स्थानमा तनाव बढ्दा मतदान सुरु हुन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ