arrow

एक करोड बढीको तेल ठगी

logo
प्रकाशित २०७२ पुष १७ शुक्रबार
Oil.jpg.jpeg
बनेपा। जिल्ला अदालत काभ्रेपलाञ्चोकले तेल ठगी प्रकरणमा पक्राउ परेका दुई जनालाई  पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले थप अनुसन्धानका लागि भन्दै उपभोक्ता ठगी महल ४ अनुसार सो आदेश दिएको हो । 
 
पक्राउ परेका काभ्रेपलाञ्चोक, पाँचखाल आयलस्टोरका सञ्चालक वसन्तकिसन पौडेल र मात फ्युल सेन्टरका सञ्चालक राजेन्द्रप्रसाद गौतमलाई थुनछेक बहसपछि थुनामा राख्न आदेश दिइएको छ । 
 
अभियुक्त पेट्रोल पम्पमा उपकरण जडान गरी उपभोक्तालाई पौडेलले रु ६७ लाख र गौतमले रु ४९ लाख ठगेको प्रहरीले अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । 
 
यसअघि पुर्पक्षका लागि थुनामा रहेका उग्रचण्डी आयलस्टोरका सञ्चालक आत्मराम थापालाई रु ३९ लाख बराबरको ठगी गरेको प्रहरीले अनुसन्धानमा देखाएको छ । झन्डै एक महिनाअघि तेल ठगी प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो भने अझै दुई जना फरार छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ