arrow

कुन्साङ काकाले गरे मतदान, भन्छन् –उत्सव जस्तो लागेको छ 

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
kunsang-kaka-khagendra-sangraula.jpg

काठमाडौं । नेपाली साहित्यिक क्षेत्रका खरो आलोचक वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला ‘कुन्साङ काका’ ले बिहानै मतदान गरेका छन् । काठमाडौको चाबहिलस्थित गणेशस्थानबाट उनले श्रीमती जमुना संग्रौलासँगै  मतदान गरेका हुन् । 

मतदान गरेसंगै हाम्राकुरासंग प्रतिक्रिया दिंदै संग्रौलाले भने, ‘मलाई बढो उत्सवजस्तो लागेको छ, दुई दशकपछि स्थानीय निर्वाचन हुँदैछ, यो संघीय संरचनालाई संरचनालाई संस्थागत गर्न प्रारम्भिक कदम हो, यसको धेरै ठूलो ऐतिहासिक महत्व छ ।’

अगाडि उनले थपे, ‘दोस्रो कुरा केन्द्रबाट शक्तिकेन्द्र स्थानीय तहमा निक्षेप गरेको छ ।’ 
संग्रौलाले पहिलो चरणको निर्वाचन सहजै सम्पन्न हुने विश्वास गर्दै दोस्रो चरणको निर्वाचनबारे भने यसै भन्न नसकिने बताए । उनले भने, नेपालको राजनीतिमा परिणाम नआइकन ढुक्क हुन सकिंदैन ।’ 

तर उनले विश्वस्त हुँदै भने, ‘एक चरणको निर्वाचन भइसकेपछि नेपाल दुई वटा हुन सक्दैन, एउटा चुनाव भएको नेपाल र अर्को चुनाव नभएको नेपाल, तसर्थ पहिलो चरणको निर्वाचनको दबाब र प्रभावले जेठ ३१ गतेको चुनाव पनि हुन्छ ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ