प्रधानमन्त्री प्रचण्डद्धारा १० मिनेट ढिला गरी मतदान
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
681
Shares
भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिकामा मतदान गरेका छन् ।
भरतपुर महानगरपालिकाको लड्कुस्थित लक्ष्मी माविको ख बुथबाट मतदान गरेका हुन् । सो बुथमा उनले नै पहिलो मत हालेका हुन् ।
तर प्रचण्ड १० मिनेट ढिला गरी मतदान केन्द्रमा पुगेका थिए । उनले डेढ मिनेट लगाएर मतदान गरे ।
उनले मतदान गरेपछि संक्षिप्त प्रतिक्रिया दिंदै अपेक्षा भन्दा बढी मतदान हुने बताए । उनले भरतपुरमा भएको गठबन्धन सामान्य कुरा भएको भन्दै बढी बोल्न चाहेनन् ।
भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्ड पुत्री रेणु दाहाल उम्मेदवार छिन् । उक्त क्षेत्रमा सिमसिम वर्षा भइरहेको छ ।