-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । २० वर्षपछि मुलुकमा स्थानीय निर्वाचन भइरहेको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताले मतदान गर्न पाउँछन् ।
अधिकांश मतदान केन्द्रमा बिहान ५ बजेदेखि नै लाइन लागेर मतदाताले निर्वाचनमा सक्रिय सहभागीता जनाएका हुन् ।
पहिलो चरणको निर्वाचनले ३४ जिल्लाका २८३ स्थानीय तहमा जनप्रतिनिधि चुन्नेछ ।
प्रदेश ३, ४ र ६ का ३४ जिल्लामा आइतबार स्थानीय तहको चयनका लागि मतदान भइरहेको हो ।
मतदानका लागि निर्वाचन आयोगले ४९ लाख ५६ हजार ९ सय २५ मतदाताको नामावली सार्वजनिक गरेको छ ।
तीन प्रदेशबाट १३ हजार ५ सय ५६ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।