arrow

आफुलाई मत नहाल्नेको पनि काँग्रेसले सुरक्षा गर्ने

logo
प्रकाशित २०७४ वैशाख ३० शनिबार
cong_news.jpg

काठमाडौं । नेपाली काँग्रेसले आईतबार हुने मतदानमा आफुलाई मत नहाल्नेको पनि सुरक्षा गर्ने भएकाले ढुक्क भएर मतदान गर्न सवै मतदातालाई आह्वान गरेको छ ।

काँग्रेसको प्रचार प्रसार उपसमितिद्धारा आयोजित पत्रकार सम्मेलनमा उपसमितिका सहसंयोजक गगनकुमार थापाले मतदान गर्ने अधिकारको पुर्ण सदुपयोग गर्न पनि आह्वान गरे ।

कसैबाट पनि प्रभावित नभइ मतदान गर्न र कुनै पनि पार्टीका साथीहरुलाई संयमता नगुमाउन समेत थापाले अनुरोध गरे । मन्त्रीहरुले नै आचार संहिता उल्लघन गरेको आरोपका संवन्धमा स्वास्थ्य मन्त्री समेत रहनु भएका थापाले बाणिज्य मन्त्री रोमी गौचलनले र आफुले आचार संहिता उलंघन गरेको आरोप पूर्णतः आधारहिन भएको बताए ।   

निर्वाचन आयोगको निर्णय अनुसार तोकिएको समयमा मन्त्रीहरुले तोकिए बमोजिमको मात्रै काम गरेको र अहिले पनि सोही अनुसारका मात्रै गतिविधिहरु गरिरहेको मन्त्री थापा जानकारी दिए ।  

मन्त्री थापाले मौन अवधिमा मन्त्रीहरुले पनि सरकारी सुविधाको प्रयोग नगरी अन्य नेताहरु जस्तै जस्तै अनौपचारिक भेटघाट र छलफल गर्न पाउने अधिकार निर्वाचन आयोगले दिएकोकाले बन्द कोठामा भेटघाट र छलफलहरु गरेको स्पष्ट पारे ।

उनले भने, “हिडडुल गर्न पाउने हाम्रो अधिकार छ, त्यसका लागि कुनै पार्टीसँग स्विकृति लिनु पर्दैन, तर आचार संहिता अनुरुप गरेको कामलाई पनि दुसप्रचार गरिएको छ ।”

आफुहरु माथी लागेको आरोप पुष्टी गर्न चुनौती दिदै उनले आचार संहिता विपरित आफुहरु माथी हुलहुज्जत भएको भनेर काँग्रेसले नै उनीहरु विरुद्ध निर्वाचन आयोगमा उजुरी गरेको जानकारी दिए ।

“आफुहरुको तर्फबाट कुनै आचारसहिता उलंघन भएको भए जुनसुकै कारबाही सामना गर्न तयार छौं,” उनले माने । निर्वाचन परिणामको पूर्बानुमानका आधारमा हतास र निराश मानसिकतामा कार्यकर्तालाई उत्तेजित पार्ने कार्य नगर्न एमाले नेतृत्वलाई मन्त्री थापाले आह्वान गरे ।

आफुहरु विरुद्ध गरेको दुसप्रचारले प्रचार गर्नेहरुलाई नै आघात पुर्‍याएको मन्त्री थापाको भनाई छ । उनले आईतबार हुने मतदानबाट जनताले गरेको फैसला मान्न आफुहरु तयार रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ