केपी ओलीको निर्देशनमा गगन थापामाथि आक्रमणको प्रयास
गगनलाई देख्ने वित्तिकै एमालेको किन जान्छ सातो, पछ्याउँदै आए कपनमा
प्रकाशित २०७४ वैशाख ३० शनिबार
1.1k
Shares
काठमाडौं। नेपाली काँग्रेसका नेता तथा स्वास्थ्यमन्त्री गगन थापा भन्ने वित्तिकै काँग्रेस कार्यकर्ताहरुमा जुन उत्साह र उर्जा थपिन्छ विपक्षी पार्टीहरुमा त्यतिकै ढ्याग्रो ठोकिन्छ। उनी जहाँ जान्छन काँग्रेस कार्यकर्ताहरु उनीसँग भेट्न लालायित हुन्छन्। उनको भाषण सुन्ने वित्तिकै काँग्रेस कार्यकर्ताहरु उत्साहित हुन्छन। आफूहरु चार्ज भएको अनुभव गर्छन्। त्यस्को ठीक विपरित हुन्छ विपक्षी दलका नेता कार्यकर्ताहरुलाई।
उनी जहाँ गएर आफ्नो कुरा गर्छन त्यहाँ उनको जयजयकार नै हुन्छ। उनको पक्षमा नारा लाग्न थालिहाल्छ। काँग्रेसको पक्षमा नारा लाग्न थालिहाल्छ। चुनावको वेलामा पनि उनको माग त्यसैकारण झन वढी हुन्छ। उनले भ्याइ नभ्याई धेरै भन्दा धेरै चुनावी कार्यक्रममा पुग्नुका पछाडी पनि उनको जादुमयी अभिव्यक्ति नै हुने गरेको काँग्रेसका नेता कार्यकर्ता मात्र हैन अन्य दलका नेता कार्यकर्ताहरु स्विकार्छन।
यसै कारण चुनावको वेलामा उनको गतीलाई रोक्न सके आफूहरुलाई फाइदा पुग्छ भन्ने रणनीति विपक्षीहरुले बनाउने गर्छन्। चुनावको एकदिन अगाडी समेत उनलाई विवादमा तान्न र उनको विरुद्ध गोयवल्स शैलीमा प्रचार गराउन सके आफूहरुलाई फाइदा पुग्ने आँकलन गरि विशेष गरि एमाले उनी विरुद्ध षडयन्त्रपूर्वक परिचालित भएको प्रष्ट भएको छ।
काठमाडौं क्षेत्र नम्वर ४को कपनमा नातामा हजुरवा पर्ने एक आफन्तहरुलाई भेटर फर्कने क्रममा जोरधारा पछाडी आदर्शनगर टोलमा पार्टीका एक कार्यकर्ताको घरमा निर्वाचनको बारेमा छलफल गरेर फर्कदै गर्दा गाडी घेरेर बसेका एमाले कार्यकर्ताहरुले उनलाई आचारसंहिता विपरित आएको मिथ्या आरोप लगाएका थिए। त्यहाँबाट थापा बाहिरिएपछि नीलोपुलमा हुल वाँधेर बसेका केहि एमाले कार्यकर्ताहरुले सरकारका मन्त्री समेत रहेका थापालाई बाटो रोकेर हुलहुज्जत गर्ने प्रयास गरेका थिए।
आचारसंहिता पालना गर्दै नीजि नम्वर प्लेटको गाडीमा नीजि भेटघाटमा रहेका थापालाई हुल वाँधेर आएका एमालेका कार्यकर्ताहरुले छापामार शैलीमा हुलहुज्जत गर्न खोजेको स्थानिय काँग्रेस कार्यकर्ता मनोज सिग्देलले बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीकै आदेशमा थापालाई आक्रमण गर्न आएको एमालेका माधव नेपाल निकट एक कार्यकर्ताले नाम नबताउने शर्तमा बताएका छन्।
एमालेका वडा नं १२ का अध्यक्ष नवराज भट्टराई, क्षेत्रीय सचिव ध्रुव न्यौपाने र एमालेको उपमेयरकी दावेदार रहेकी देवी रेग्मीको नतृत्वमा आएका कार्यकर्ताहरु थापा विरुद्ध उत्तेजक नारावाजीमा पनि उत्रिएका थिए। रेग्मी त थापाको गाडीमा चढेर सुतिदिएकी थिइन। काँग्रेस कार्यकर्ताहरु त्यहाँ आए स्थिति विग्रने आशंकामा थापा त्यहाँबाट वाहिरिएका थिए।
त्यस लगत्तै थापा फर्किएका थिए भने एमालेका कार्यकर्ताहरुले नीलोपुलमा कोणसभा गरेका थिए। निर्वाचन आचारसंहिता विपरित कोणसभा गर्ने वहाना खोजेर बसेका एमालेका कार्यकर्तारुहले त्यहि वहानामा नीलोपुलमा कोणसभा गरेका थिए।
स्थानिय सुभद्र भट्टराईले भनिन एमालेहरु नगरपालिकामा हारको मानसिकताले आत्तिएका छन्। त्यसैले पनि अनेक वहाना गरेर स्थिति भड्काउन खोजेका छन्। गगन थापालाई हुलहुज्जत गर्ने प्रयास त्यसैको प्रमाण हो भट्टराईले थपिन।
थापाले आफूलाई निर्वाचन आचारसंहिताको राम्रो ज्ञान भएको र व्यक्तिगत भेटघाटलाई आचारसंहिताले पनि नरोकेको बताए। बरु आफूमाथि हुलहुज्जत गर्न पठाएर एमालेले आचारसंहिताको उल्लंघन गरेको थापाले संक्षिप्त प्रतिक्रिया दिए। थापाले निर्वाचनको वातावरण विगार्न आएकाहरुको हल्लाको पछाडी नलागी ३१ गतेको चुनावमा पार्टीको हितमा लाग्न आग्रह गर्नुभयो। स्थितिलाई भड्काउन केहि अवाञ्छित गतिविधी गर्ने प्रयास भएको उल्लेख गर्दै थापाले आफ्नो क्षेत्रका सबै साथीहरुलाई संयमित हुन आग्रह पनि गरे ।
कपन रहेको बुढानिलकण्ठ नगरपालिकामा काँग्रेसबाट राजु श्रेष्ठ मेयरका उमेद्वार रहेका छन्।